
६ पुस, काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमबार ९१ हजार चार सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ४५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4