
६ माघ, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कोभिड–१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर गौतमसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । त्यसपछि उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4