Comments Add Comment
प्रदेश १ मा प्रचण्ड–माधव समूहको दावी :

‘३८ सांसद हामीसँग छन्, कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

६ माघ, विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । ६७ मध्ये ५ जना अहिले पनि ओली समूहमा नगई तटस्थ रहेको राईले बताए ।

तटस्थ बसेकालाई सहमत गराउन सकेमा आफ्नै प्रयासमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने प्रचण्ड माधव समूहको जिकिर छ । ‘तटस्थ बसेकाहरु आउनुभयो भने हामै्र मतले अविश्वास प्रस्ताव पास हुन्छ, उहाँहरु नआए अरु दलको समर्थन चाहिन्छ’ उनले भने ।

मुख्यमन्त्रीको विवाह, पार्टीले घोषणा गरेको आन्दोलन लगायतका कारणले अविश्वास प्रस्ताव केही दिनपछि पेश हुने राईले बताए ।

सबै विकल्पमा खुला

सांसद राईले आफूहरु मुख्यमन्त्री पद छाड्न पनि तयार रहेको बताए । अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्पमा खुला रहेको उनले बताए । ‘ केन्द्रमा सबै सबै प्रदेशको विषयमा छलफल भइरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment