Comments Add Comment

प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

काठमाडौं । प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक भएको छ ।

पुस्तकमाथि निबन्धकार दीपक सापकोटाले समीक्षात्मक टिप्पणी गर्दै नियात्रासङ्ग्रहले पुँजीवादलाई व्यङ्ग्य प्रहार गर्दै यात्राको मीठो स्वाद पस्केको बताएका छन् ।

यता निबन्धकार श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्– यात्रालाई नियात्राकै रूपमा लेख्न सजिलो हुँदैन तर प्रदीप सापकोटाले यात्रालाई निजात्मक अनुभूतिसँग जोडेर सजिलोसँग व्यक्त गर्न सकेका छन् । उनको आकर्षक शैलीले गर्दा प्रत्येक पछिल्लो पंक्ति पढ्नलाई उत्साह जगाउन नियात्रा सफल छन् ।’

काभ्रेपलाञ्चोकको पनौती रयालेका सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ शाब्दिक बुक्सले प्रकाशन गरेको हो । चौध थान नियात्रा समेटिएको संग्रहको मूल्य २ सय ३५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment