Comments Add Comment

सेभिया चौथो स्थानमा उक्लियो

७ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा अलाभेजलाई पराजित गर्दै सेभिया अंकताललिकामा चौथो स्थानममा उक्लेको छ । सेभियाले मंगलबार राति  भएको खेलमा अलाभेजलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमै युसु एन नस्रयीले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर १२औं मिनेटमा एडगार मेन्जडले अलाभेजका लागि बराबरी गोल फर्काए ।

३०औं मिनेटमा सुसोले गोल गरेपछि सेभियाले फेरि अग्रता बनाएको थियो ।

८३औं मिनेटमा सेभियाका जिमो नाभारोले गोल गरे पनि भिएआर रेफ्रीले मान्यता दिनए ।

इन्जुरी टाइमा अलाभेजले बराबरी गर्ने अवसर पाएपनि चुक्यो । जोसेलुको पेनाल्टी प्रहार सेभियाका गोलकिपर बोनोले बचाए ।

पहिलो हाफकै गोल निर्णायक हुँदा सेभिया विजयी भएको हो ।

जितपछि १८ खेलबाट ३३ अंक जोड्दै सेभिया चौथो स्थानमा उक्लेको छ । १८ खेलबाट ४१ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

१९ खेलबाट १८ अंक रहेको अलाभेज १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment