
गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो ।
चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र रिलिज गरेको हो ।
गतबर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने दीपेन्द्र लामा यसका निर्देशक हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ ।
यही टिमको मुख्य भूमिका रहेको चलचित्र ‘छक्का पन्जा ३’ केही हप्ता अगाडिम मात्र युटुबमा रिलिज गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4