+
+
Shares

राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १३:२६

७ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा राष्ट्रिय सभाको नमुना बैठक गरी बिरोध जनाइएको छ । नेपाल टिन लिडर्सको आयोजनामा बुधबार काठमाडौंमा राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक र अराजनीतिक कदम भएको बताए । उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रियसभाको नमुना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताए ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?