Comments Add Comment

संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालतमा जान्छौं : प्रचण्ड

७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् ।

पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए ।

‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो’, उनले भने । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आएका छन् ।

संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डले बताए । उनले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए ।

‘पहिले राजामहाराजाहरुले संविधानको धारा बदल्न पर्यो भने हामीमा अन्तरनिहित राजकीय र सार्वभौम अधिकार प्रयोग गरी फलानो–फलानो धारा निलम्बन गरिबक्सेका छौं भन्ने भाषा सुन्दै आएको हो’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment