+
+

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते २२:०२

मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?