+

महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

२०७७ माघ  ८ गते १८:१५ २०७७ माघ ८ गते १८:१५
महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

८ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । हिमा रावतको कर्नरमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफमा विराटनगरले बराबरी गोल फर्कायो ।

विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल १-१बराबरीमा गरिन् ।

आशाको फ्रिकिक वालिङको गोलरक्षक सावित्री किशनले बचाउन सकिन्न । खेलमा प्लेयर अफ दि म्याच वालिङकी सरस्वती हमाल घोषित भईन् ।

महिला राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय