९ माघ, काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगको पछिल्लो खेलमा बर्नलीसंग पराजित भएको छ । गएराति भएको लिगको एक मात्र खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको हो ।
एस्ले बार्न्सले दोस्रो हाफमा गरेको एक मात्र गोलमा बर्नलीले लिभरपुललाई उसैको घरेलु मैदान एनफिल्डमा १-० ले पराजित गरेको हो । बार्न्सले ८३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
बार्न्सलाई नै लिभरपुलका गोलकिपर एलिसन बेकरले फाउल गरेपछि बर्नलीले पेनाल्टी पाएको थियो । जसमा बार्न्लसले कुनै गल्ती गरेनन् र गोल गरे ।
हारपछि लिभरपुलले लिग लिडर म्यानचेष्टर युनाइटेडसँग अंक दूरी कम पार्ने अवसर गुमाएको छ । १९ खेलबाट ३४ अंकसहित लिभरपुल चौथो स्थानमा यथावत छ ।
समान खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा छ । १८ खेल खेलेको म्यानचेष्ठर सिटी ३८ अंकसहित दोस्रोमा छ भने १९ खेलबा६ ३८ अंक रहेको लेस्टर तेस्रोमा छ ।
जितपछि बर्नली १८ खेलबाट १९ अंक जोड्दै १६औं स्थानमा उक्लेको छ र रेलिगेसन जोनबाट ५ अंकले माथि छ ।
प्रतिक्रिया 4