Comments Add Comment

सेरम इन्स्टिच्युटको आगलागीमा परी पाँच जनाको मृत्यु

९ माघ, काठमाडौं । भारतको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माता सेरम इन्स्टिच्युटमा बुधबार भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । पुनेका मेयर मुरलीधर मोहोलले उक्त आगलागीमा परी पाँचजनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मोहोलका अनुसार निर्माणाधीन भवनको अन्तिम तलामा बिहीबार आगलागी भएको थियो । उक्त तलामा निर्माणको काम भइरहेको थियो ।

मुरलीधरले आगलागीको कारण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएका छन् । भवनको अन्तिम तला आगलागीको कारण जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रणमा आएपछि भवनको खोजीमा पाँचजनाको शव भेटिएको हो । मृत्यु हुनेहरु मजदुर हुनसक्ने बताइएको छ । बाँकी अन्य मानिसहरु भने भवनबाट सुरक्षित निस्किएका थिए ।

सेरम इन्स्टिच्युटले अहिले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरिरहेको छ । यो विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ६ जनाको उद्धार गरिएको जानकारी दिए । उनले विद्युत् सर्किटमा देखिएको समस्याको कारण आगलागी भएको हुन सक्ने बताए । ठाकरेले कोरोना खोपहरु भने पूर्णरुपमा सुरक्षित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment