Comments Add Comment

‘चुरीफुरी’को छायांकन सुरु

निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । उनले हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका मुख्य नायक तथा नायिकाको नाम सार्वजनिक गरिएको छैन ।

चलचित्रमा निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहनेछ । आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य र रिना ढकालको लगानी रहने चलचित्रमा विमला भुषाल, राजेन्द्र खाती र शिव थापा सह–निर्माताको रुपमा छन् ।

यो चलचित्रलाई मनोरञ्जनको नयाँ खुराक भनिएको छ । निर्देशक आचार्यले कोरोना कारण मानिसमा देखिएको नैराश्यतालाई चलचित्रले रिफ्रेस बनाउने बताए । राहुल राइको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहने चलचित्रमा समीर आचार्य, बिश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment