Comments Add Comment

कार्बन शुद्धीकरणका लागि १० करोड डलर अनुदान दिने मस्कको घोषणा

९ माघ, काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले सबैभन्दा राम्रो कार्बन शुद्धीकरण प्रविधिलाई १० करोड डलर अनुदान दिने घोषणा गरेका छन् । विश्वको सबैभन्दा धनी व्यक्ति बनेको दुई सातापछि मस्कले यस्तो घोषणा गरेका हुन् । बिहीबार सामाजिक सञ्जालमार्फत् मस्कले यस्तो घोषणा गरेका हुन् । उनले यस विषयमा विस्तृत जानकारी भने आगामी साता सार्वजनिक गरिने बताएका छन् ।

टेस्लाको संस्थापकसमेत रहेका मस्कको सम्पत्ति पछिल्लो एक वर्षमा उल्लेख्यरुपमा बढेको छ । विद्युतीय कार निर्माताको शेयरमा देखिएको निरन्तरको वृद्धिको कारण मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो । दक्षिण अफ्रिकामा जन्मिएका मस्कको सम्पत्ति अहिले दुई खर्ब एक अर्ब डलर नाघिसकेको छ । अहिलेसम्म मस्कले आफ्नै संस्थामार्फत् २५ करोड ७० लाख डलर अनुदान दिएका छन् ।

पर्यावरणीय समस्या समाधानका लागि अहिले विभिन्न कार्बन शुद्धीकरण गर्ने प्रविधिहरु विकास भएका छन् । यद्यपि यिनीहरुले गर्ने कार्बन शुद्धीकरण भने निकै कम छ । विश्वभर करिब दुई दर्जन कार्बन शुद्धीकरण गर्ने प्लान्ट छन् । यी प्लान्टबाट चार करोड मेट्रिक टन कार्बन डाइअक्साइल शुद्धीकरण गरिने गरिएको छ । जुन विश्वको समग्र कार्बन उत्सर्जनको ०.१ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment