Comments Add Comment

खप्तडको समीपमा अपी र सैपाल हिमाल (फोटो फिचर)

१० माघ, काठमाडौं । खप्तड आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो । बझाड, बाजुरा डोटी र अछामको संगमस्थल हो खप्तडलाई सुदूरपश्चिमको श्रीपेच मानिन्छ ।

मेरो खप्तड यात्रा यो पाँचौँ पटक हो । पहिलोपटक सन् २०११ मा पुगेको थिएँ । जतिपटक खप्तड पुगे पनि जान मन लागिरहन्छ । त्यहाँ पुग्दा मनलाई निकै आन्नद आउँछ । त्यसैले खप्तड जान म लागिरहन्छ ।

तर, यसपटक भने खप्तड क्षेत्रको यात्रा निकै रमाइलो लाग्यो । यो पटक यात्रा चिसो मौसम भएकाले पनि रमाइलो भयो । हुन त यो समयमा खप्तड क्षेत्रमा हिउँले ढाकिएको हुनु पर्ने हो तर यसपटक अहिलेसम्म हिउँ परेको छैन ।

खप्तड क्षेत्रमा २२ वटा पाटन र र ५३ वटा थुम्काहरु रहेका छन् । थुम्काहरुलाई स्थानीयले झोतीसमेत भन्ने गर्दछन् ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभइ, धार्मिक पर्यटककीय हिसाबले समेत उपयुक्त गन्तव्यका रुपमा परिचित रहेको छ ।

पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ ।

समुन्द्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

खप्तड क्षेत्रमा घुम्नका लागिखप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग,गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरुले रहेका छन् ।

खप्तड क्षेत्रमा ठूला साना गरि २२ वटा फाँटहरु पनि यहाँको प्रमुख आकर्षण हुन् ।

खप्तड क्षेत्रमा खान बस्नको उचित व्यवस्थापन नभएका कारण अहिले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज विभागको सहकार्यमा पर्यटकका लागि बास बस्ने व्यवस्थापन हुँदैछ । एकै दिनमा खप्तड क्षेत्रमा १०० जना बास बस्न सक्ने क्षमताको आवास गृहको निमार्ण कार्य जारी छ ।

म आफैं नेपाल पर्यटन बोर्डको संचालक समितिको सदस्य हुँदा यो कार्यका लागि अगुवाई गरेका कारण कस्तो अवस्था छ भनेर अवलोकन गर्न गएको हुँ ।

भौगोलिक बिकटता र मौसम को प्रतिकूलताको बाबजुद निमार्ण कार्य संतोषजनक नै छ । सम्भवतः यो असार मसान्तमा सबै काम सम्पन्न हुन्छ ।

ठेकेदारको कार्ययोजना र प्रतिबद्धता आइसकेको ले आशा छ अर्काे सिजनदेखि पर्यटकले खाने र बस्न सुबिधा प्राप्त गर्नेछन् । यो कार्य भएसँगै खप्तड क्षेत्रमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेछ भन्ने मैले विश्वास लिएको छु । खप्तड क्षेत्रमा आउने पर्यटकहरु खान र बस्नका लागि दुःख पाउने छैनन् भन्ने सोच हो ।

अहिले खप्तड राष्टिय निकुन्जको प्रवेशद्धार झीग्रनामा होम स्टे संचालन पनी भइसकेको छ । अब खप्तड क्षेत्रमा यी भवनहरु निमार्ण सकिएपछि पर्यटकहरुलाई राम्रो सुविधा हुने छ । खप्तड क्षेत्रको प्रचारप्रसार होस भनेर खप्तड होमस्टेले हेलिटूर प्याकेज ल्याएको छ ।

१४ देखि १८ गतेसम्म सो प्याकेजअन्तर्गत ३०० पर्यटक खप्तडमा भित्र्याउने लक्ष्यसहित प्याकेज ल्याएका छन् खप्तड होम स्टेका संचालक दीपक खड्काले ।

हिउँ परेपछि पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि हेलिकोप्टरमार्फत खप्तड भ्रमण गराउने प्याकेज ल्याएका हुन् ।

हेलिकोप्टरमार्फत खप्तड पुग्नकालागिपाँच वटा प्याकेजहरू रहेका छन् । हेलिकोप्टरमा दिपायलदेखि खप्तड भ्रमणका लागि १० हजार, झिंग्रानादेखि खप्तड भ्रमणका लागि ८

हजार, धनगढीदेखि खप्तड भ्रमणका लागि ३० हजार रुपैयाँको प्याकेज तयार गरेको छ ।

यसैगरी, धनगढीदेखि दिपायलसम्म जहाजमा गएर दिपायलदेखि खप्तडसम्म हेलिकोप्टरमा जाँदा एक रात २ दिनको खान र बस्नसहित २१ हजार ५०० र धनगढीदेखि बुकिङ गाडीमार्फत स्थलमार्गबाट दिपायलसम्म र त्यहाँबाट खप्तडसम्म हेलिकोप्टरमा जान १५ हजार रुपैयाँको प्याकेज रहेको होमस्टेका प्रबन्ध निर्देशक खड्काले बताए ।

कसरी पुग्ने खप्तड

काठमाडौंदेखि धनगढी ६५० किलोमिटर छ । धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा ८ घण्टा लाग्छ । डोटीको सिलगढीदेखि खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशस्थल झिग्रना जिप चल्छ र समय १ घण्टा लाग्छ ।

पैदल यात्राको पहिलो दिन कोही बिचपानी बस्छन् भने अलिक हिँड्न सक्नेहरु खप्तड राष्टिय निकुञ्जको त्रिवेणी मन्दिर पुगिन्छ ।

खप्तडबाट अपी र सैपाल हिमालहरु नजिकै देख्न पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment