
१० माघ, काठमाडौं । बुढानिलकण्ठमा केसीएल कोलोनी बन्ने भएको छ । काठमाडौं क्यापिटल लिमिटेडको सबसिडरी कम्पनी केसीएल डेभलपर लिमिटेडले करिब ३५ करोडको लगानीमा केसीएल कोलोनी निमार्ण गर्न लागेको हो ।
तारे होटलको डिजाइनमा पहिचान बनाएको डिजाइन सेलको ‘क्लासिकल टचअप’ डिजाइनमा कोलोनी बन्न लागेको कम्पनीले जनाएको छ । कोलोनीमा १३ वटा घर निर्माण हुनेछन् । कोलोनीभित्र २० फिट सडक रहनेछ ।
६ देखि साढे ९ आनासम्म जग्गामा घर बन्नेछन् । कोलोनी ७ रोपनी ८ आनामा फैलिएको कम्पनीले जनाएको छ ।
‘कोलोनी जंगलको फेदिमा भएको हुनाले प्रकृतिसँग मिल्ने गरी डिजाइन बनाइएको छ’, काठमाडौं क्यापिटल लिमिटेडका कार्यकारी अधिकृत सुवास पाण्डेले भने ‘कोलोनी आसपास हरियाली क्षेत्र छ । अन्यत्रको भन्दा डिजाइन पनि भिन्न छ ।’
घरको इन्टेरियरमा अरु घरको तुलनामा अलि फरक रहेको कम्पनीको दावी छ । जसमा सिटिङ रुम पहिलो तल्लामा हुँदैन, ‘ग्रान्ड फिलिङ’ हुन्छ ।
‘मर्निङवाक, साइकलिङको लागि एकदमै उपयुक्त ठाउँ छ । कोलोनीभन्दा केहिमाथि जंगल भएकाले त्यहाँ हिडडुल गर्न समेत पाइन्छ,’ सीईओ पाण्डे भन्छन्ा् ‘घर किन्ने भनेको सुत्नको लागि मात्रै जाने ठाउँ होइन, जीवन बिताउने ठाउँ हो ।’
केसीएल कोलोनी काठमाडौं बुढानिलकण्ठ नगरपालिका तौलुङमा बन्दै छ । कोलोनी रिङरोडबाट करिब ६ किलोमिटर भित्र र देउबा चोकबाट १ किलोमिटरभित्र छ । कोलोनीबाट पश्चिम फर्किँदा काठमाडौं शहर देख्न सकिन्छ ।
पाण्डेका अनुसार एउटा घरको ३ करोड १० लाख देखि ४ करोड २५ सम्म मूल्य पर्नेछ । घर साढे २ तल्लाको हुनेछ । घर २ हजार देखि २४ सय वर्गफिटसम्मको रहनेछ । औसतमा २२ सय वर्गफिटको हुनेछ । ‘हामीले उपलब्ध गराएको ग्रान्ड फिलसहितको घर त्यही क्षेत्रमा आफैं बनउने हो भने झन मँहगो पर्न जान्छ,’ उनले भने ।
कोलोनीको डिजाइन नगरपालिकाबाट पास भई कन्सट्रक्सनको कामका लागि निर्माण कार्य सुरु हुने चरणमा रहेको कम्पाीले जनाकएो छ । कोलोनीमा ३ वटा घर बुकिङ भैसकेको छ । पहिलो ५ ओटा बुकिङ्गलाई विशेष छुटको व्यवस्था राखिएको कम्पाीले बताएको छ ।
१ वर्षभित्र सबै घर निर्माण भइसक्ने कम्पनीले जानकारी दिएको छ ।
‘बुकिङ गर्दा १५ प्रतिशत मात्रै लिन्छौं । केसीएल कोलोनीले घरधनीसँग सम्झौता गर्दा कस्ता निमार्ण सामाग्री प्रयोग हुन्छ भन्ने प्रोडक्ट डिटेलसहित नै सम्झौता भएको हुन्छ,’ उनले भने ‘निमार्ण गर्दा प्रयोग हुने सामाग्री आईएसओ सटिफाइड नै हुन्छन् । इन्टेरियरमा ब्रान्डेड सामाग्री नै प्रयोग हुन्छन् ।’
घर निमार्ण हुँदै गर्दा इन्टेरियर केहि डिजाइन परिवर्तन गर्न घरधनीलाई सुविधा समेत दिइएको छ ।
फाउन्डेसनको डिजाइनलाई जस्ताको त्यस्तै किचन डिजाइन, सिटिङ रुमको कस्तो डिजाइन गर्ने भन्ने छान्न घरधनीले पाउने कम्पनीले जनाएको छ । कोलोनीको एउटा घरमा २ वटा गाडी पाकिङ गर्न सकिने छ भने ४ कोठा, ४ बाथरुम र एक किचन हुनेछ ।
मोडुलर किचन सेट र बाथरुम सेट उपलब्ध हुनेछ । कोठामा वयरिङ क्लोथसेट समेत हुनेछ भने घरमा बेड, सोफा, डाइनिङ टेबल भने घरधनि आफंैले खरिद गर्नुपर्ने छ ।
कम्पनीले १३ घर निमार्ण गरिसकेपछि समिति बनाउने छ र कोलोनी हस्तान्तरण गर्ने छ । कोलोनीभित्र गार्ड हाउस, मन्दिर पनि रहनेछ ।
कोलोनीभित्र पानीको व्यवस्थाको लागि वाटर पिउरिफाइङ सिस्टम सहितको सिस्टम जडान हुनेछ । १२ डिग्री स्लोपमा बन्ने कोलोनीको माटो परिक्षण र स्लोप टेष्ट गरिसकिएको छ ।
काठमाडौं क्यापिटल लिमिटेडले दोस्रो प्रोजेक्टको रुपमा केसीएल कोलोनी निर्माण गर्न लागेको हो । कम्पनीले यसअघि बुढानिलाकण्ठमै बगैंचा कोलोनी समेत निर्माण गरिसकेको छ ।
प्रतिक्रिया 4