Comments Add Comment

पीएम कप क्रिकेट : बागमतीले टस जितेर ब्याटिङ गर्दै

११ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह बी का दुई खेल भइरहेका छन् ।

मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल सुरु भएको छ । बागमती टस जितेर पहिले ब्याटि गरिरहेको छ ।

यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन । त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको थियो । ३ खेलबाट ६ अंकसहित बागतीत समूहको शीर्ष स्थानमा छ ।

उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनै पर्नेछ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खुनुपर्नेछ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको ३ खेलबाट ४ अंक छ ।

यस्तै कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिम बीच खेल सुरु भएको छ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि प्रदेश २ ले पहिले ब्याटिङ गरिरहेको छ ।

लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छ ।

प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससंग खेल्नेछ ।

समूह ए बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment