Comments Add Comment

हमालको थिमेट्रिकल स्केच सार्वजनिक गर्दै ‘सत्यम्’ निर्माणको घोषणा

नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको चलचित्र ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ लेख्दै चलचित्रको शिर्षकलाई पुष्टी गर्ने कोशिश पनि गरिएको छ । यो चलचित्रमा नायक अनुप विक्रम शाही पनि फाइनल भैसकेका छन् ।

उनी चलचित्रमा खलपात्रको भूमिकामा देखिदैछन् । चलचित्रमा नायक हमाल र शाहीसँग अर्का नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले काम गर्ने सहमती जनाइसकेको निर्माता रेशम सापकोटाले जानकारी दिएका छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रका लागि सहमती जनाउन नायक हमालले ८ महिना समय लिएका थिए । निर्माणपक्षले अडिसनबाट २ मुख्य पुरुष कलाकार र २ मुख्य महिला कलाकारको खोजी गरिएको बताएको छ ।

चलचित्रका लागि चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, दुई सहायक कलाकार पुरुष र दुई सहायक महिला कलाकार, दुई जना बाल कलाकार र छोटो भूमिकाका लागि ५ जना कलाकारको अडिसन हुने बताइएको छ । रेशम सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रुपमा श्याम मल्ल र गणेश पौडेल छन् ।

चलचित्रमा विदुर पाण्डेको छायांकन, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एसोसियट निर्देशक सुवास सुवेदी, सह–निर्देशकहरुमा रामकुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् । चलचित्रमा कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ । चलचित्रा अष्ट महर्जनको एक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment