Comments Add Comment

महालक्ष्मी लाईफको आईपीओ आउँदै, साधारणसभामा लग्यो प्रस्ताव

११ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ ।

कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ ।

नयाँ जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन् ।ब ाँकी ८ वटा जीवन बिमा कम्पनीहरुले आईपीओ जारी गर्नुपर्नेछ । महालक्ष्मी लाइफ कान्छो बिमा कम्पनी भए पनि कम्पनीका सीईओ रमेशकुमार भट्टराई भने बिमा कम्पनीक सबैभन्दा पुराना सीईओ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment