Comments Add Comment

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको भन्दै उनले भने, ‘यो कुराको टेस्ट वालुवाटारबाट र टेलिभिजन अन्तर्वार्ताबाट हुने होइन ।’

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पाउनु संसदको अधिकार भएको उनले बताए । ‘संसदले अविश्वास प्रस्तावसम्बन्धी संविधानको धारा पनि प्रयोग गर्न पाउनुपर्छ प्रधानमन्त्रीले अवरोध गर्न मिल्दैन’ त्रिपाठीले भनेका छन् ।

बहसका क्रममा त्रिपाठीले संसद विघटनको विषयमा अहिलेको संविधान सबैभन्दा प्रष्ट रहेको बताए । ‘संविधानको शब्द र अक्षर प्रष्ट छ भने व्याख्या गर्न पर्दैन’ उनले भने, ‘संविधानमा ४ वटा सरकारको सम्भावना राखिएको छ । हुँदा हुँदा १ जना व्यक्तिलाई पनि प्रधानमन्त्री हुने अप्सन राखिएको छ । यी सबै व्यवस्थाले अहिलेको संविधानले विघटनलाई असम्भव तुल्याइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment