Comments Add Comment

पीएम कप क्रिकेटमा सुदूरपश्चिमकाे सान्त्वना जित

११ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सान्त्वना जित हात पारेकाे छ ।

यसअघि नै समूह बी मा लगातार तीन खेल हार्दै बाहिरिसकेकाे सुदूरपश्चिमले आफ्नाे अन्तिम खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गरेकाे हाे ।

प्रदेश २ ले दिएकाे १९६ रनकाे लक्ष्य सुदूरपश्चिमले ३३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेकाे हाे । सुदूरपश्चिमका लागि सन्जु दमाईले सर्वाधिक ५७ रन बनाए । यस्तै खडग बाेहराले ४३ र गजेन्द्र बाेहराले ३७ रन याेगदान गरे । अरुण ऐरीले १९ रन जाेडे ।

प्रदेश २ का लागि कुमार थापाले ३ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियाे ।

प्रदेश २ को लागि ओपनर हरिशंकर शाहले अर्धशतक बनाए । उनले सर्वाधिक ६० रन बनाए । त्यसका लागि ७३ बल खेल्दै ९ चौका प्रहार गरे ।

यस्तै विवेक यादवले ५२ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४१ रन बनाए । मेहबुब आलमले २३ रन जोडे । कुमार थापा ११ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३-३ तथा अरुण ऐरीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment