Comments Add Comment

दुर्गेश र प्राचीलाई पुत्र लाभ

गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले अनलाइनखबरलाई बताए । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।’

दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएन । पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले आफूहरुको सम्बन्धलाई सामाजिक संजालबाट खुलाउने प्रयास गरेका थिए ।

दुर्गेशले केही महिना अगाडि प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै दुईको सम्बन्ध खुलाएका थिए । दुर्गेशले भने–‘हो, हामीले बिहेको खबरलाई खासै बाहिर ल्याएका थिएनौ । गतबर्षबाट मात्र हो, हामी खुल्न थालेको ।’

गायक थापा नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् । उनले गाएका ‘डन आयो डन, विच्च विच्चमा’ लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment