+
+
Shares

कर्णालीमा साढे ११ हजार कोराना विरूद्धको खोप

यज्ञ खत्री यज्ञ खत्री
२०७७ माघ ११ गते २०:४१

११ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजार जनालाई कोराना विरूद्धको खोप लगाइने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप आइतबार प्रदेशमा पुग्ने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

पहिलो चरणमा ११ हजार ७८० जना फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप प्रस्ताव गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

निर्देशक डा. खड्काका अनुसार पहिलो चरणमा कोरोना रोकथाममा अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेविका र फोहोर व्यवस्थापकलाई लगाइने छ ।

‘कर्णालीमा आउने खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने गरी प्रस्ताव गरेका थियौं, सोहीअनुसार नै खोप आएको छ,’ निर्देशक डा. खड्काले भने, ‘सरकारको निर्णय अनुसार १४ गतेबाट खोप लगाउने तयारी गरेका छौं ।’

प्रदेशमा कोल्ड स्टोर अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोल्ड स्टोरको अभाव हुँदा खोप लुम्बिनी प्रदेशको नेपालगन्जमा भण्डारण गर्ने तयारी थालिएको छ ।

सुर्खेतमा कोल्ड स्टोरको अभाव रहेको र कर्णालीका अन्य जिल्लाहरुमा पठाउँन पनि सहज हुने भएकाले नेपालगन्जमा रहेको साविक क्षेत्रीय आपूर्ति केन्द्रको स्टोरमा खोप स्टोर गर्न लागिएको निर्देशक डा. खड्काले बताए ।

‘सुर्खेतमा कोल्ड स्टोरको अभाव छ, आपूर्ति केन्द्र पनि छैन’, निर्देशक खड्काले भने, ‘नेपालगन्जमा खोप स्टोर गर्दा प्रदेशका अन्य जिल्लामा वितरण गर्न पनि सहज हुन्छ ।’
प्रदेशको डोल्पा, हुम्ला, जुम्ला र मुगुमा नेपालगन्जबाटै आपूर्ति गर्न सहज हुने निर्देशक खड्काले बताए । केही खोप सुर्खेतमा पनि भण्डारण गरिने छ ।

निर्देशक डा. खड्काले प्रदेशमा खोप दिनका लागि पूर्वतयारी पनि थालिएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयहरुको समन्वयमा नियमित खोप लगाउँने टिमलाई नै परिचालन गरेर उक्त खोप लगाइने निर्देशनालयले जनाएको छ ।

‘सम्भव भएसम्ममा प्रत्येक जिल्लाबाट, नभए प्रदेशका तीनवटा ठूला अस्पतालहरुबाट खोप लगाउने तयारी गरेका छौं’ निर्देशक खड्काले भने ।

खोपप्रति शंका गर्नुपर्दैन : डा. केसी

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोपप्रति यतिबेला जनस्तरमा विभिन्न हल्ला चलेको भन्दै हल्लाको पछि नलाग्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

यो खोप नेपालमा कुनै परीक्षणका लागि नभई अन्य देशरुमा प्रयोग भइसकेपछि मात्रै नेपालमा आएको कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीले बताए ।

‘तीन चरणको क्लिनिकल ट्रायल गरेर मात्रै यो भ्याक्सिन नेपालमा आएको हो, यसलाई विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरिसकेको छ,’ डा. केसीले भने, ‘त्यही भएर नै यस्को पहिलो चरणको खोप हामी स्वयं स्वास्थ्यकर्मीहरु लगाउन लागेका छौं । त्यस्तो कुनैपनि हल्लाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?