+
+
Shares

विप्लव समूहका नेता अनिल विरही रिहा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते २०:४४

११ माघ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए ।

त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?