+
+
Shares

कुमारी बैंकले ६ महिनामा कमायो एक अर्ब २१ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते ११:२८

१२ माघ, काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो प्रगति गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ ६ महिनामा खुद मूनाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.४९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस अवधीमा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा १६.८३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.७० रुपैयाँले बढेको हो ।  यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?