Comments Add Comment

गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास

१२ माघ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर-६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फूलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड अन्तर्गत अर्जैबेसी खोलामा बन्न लागेका पक्की पुलको एक कार्यक्रमको बीच पुलको शिलान्यास गरिएको हो ।

पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरी समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । उक्त सडक महत्वपूर्ण सडकखण्ड भएकाले त्यसमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

मालिका गाउँपालिकाको वडानम्बर-६ अर्जैमा बन्न लागेको पक्की पुलको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ ।

पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको छ । गाउँपालिकाको वडा नम्बर-३ र ४ को सिमानामा पुलको २ करोड ३७ लाख २८ हजार ८२९ रुपियाँ ७१ पैसा लागत रकम रहेको छ ।

पक्की पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेको व्यवस्था मिलाएको छ । समयमै पुल निर्माण सम्पन्न भए गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment