Comments Add Comment

कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा कल्याण सेक्युरिटीमा छापा

१२ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मागरेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो ।

विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि अब व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको खुलेको हो ।

यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुादै कतार पुर्‍याउने काम भइरहेको खुलेको छ । विभागले एक महिनाअघि पनि कतार प्रहरीकै लागि अन्तरवार्ता लिइरहेका तीन वटा म्यानपावरमा छापा मारेको थियो ।

त्यसपछि भएको अनुसन्धानमा कतार सरकार नै अवैध रुपमा नेपाली श्रमिकलाई कतारको प्रहरीमा लैजान लागेको खुलेको थियो । तर, सरकारले त्यसविरुद्ध कडा कदम नचाल्दा यस्तो अवैध धन्दा थप मौलाएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment