
१२ माघ, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।
पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय हामी सबैलाई अमान्य रहेको व्यवहोरा अवगत गराउन चाहन्छौं ।’
जवाफमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद्, राजनीतिक पार्टी सबैले संसद सूचारु गर्नुपर्छ भनेर आवाज उठाइरहेको र यसप्रति आफू गम्भिर रहेको बताए । उनले भने, ‘मैले परिस्थितिलाई गम्भिरतापूर्वक विश्लेषण गरिरहेको छु ।’
हेर्नुस् पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4