Comments Add Comment

प्रदेश नम्बर १ मा आइएमईले गर्‍यो ‘भरोसा कोश’को रकम वितरण

कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ ले प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरेको छ ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यहरू लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोशको मुख्य उद्देश्य रहेको बताए ।

कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशि हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड– १९) का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोशको स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment