Comments Add Comment

महिला लिग फुटबल : सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो ।

खेलको २३औं मिनेटमै अन्जना थुलुङले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । चन्द्रपुरका लागि रजनी थोकरले ४७औं मिनेटमा बराबरी गोल गरिन् ।

चन्द्रपरको लाग सविताले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरिन् । यस्तै दिलकुमारी मगरले दुवै हाफको इन्जुरी टाइममा गोल गरिन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सुनिता भोलानले एक एक गोल गरिन् ।

लिगमा पहिलो जितपछि चनद्रपुरले ३ अंक जोडेको छ । पहिलो खेलमा चन्द्रपुर एपीएफसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment