Comments Add Comment

संसद् विघटनविरुद्ध सिटी जुलुस

प्रतीकात्मक तस्वीर

१३ माघ, काठमाडौं । संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ ।

दिउँसो तीन बजे लौनचौरबाट सिटी जुलुस निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले बताए ।

उनका अनुसार, सिटी जुलुस लौनचौरबाट असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिनेछ । जुलुसलाई जनसंगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तेस्रो चरणको आन्दोलन घोषणा गरेको यो समूहले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ ।

गएको पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको यो समूहले माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment