
१३ माघ, काठमाडौं । मंगलबार भारतले ७२ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यसपटकको गणतन्त्र दिवस यसअघिको भन्दा केही फरक हिसाबमा मनाइरहेको छ । यसपटक गणतन्त्र दिवसको अवसरमा भारतमा कुनै पनि अर्को मुलुकका राष्ट्राध्यक्ष भने सामेल भएका छैनन् ।
यसैबीच भारतका विभिन्न राज्यमा कृषि कानुनको विरोधमा किसानहरुले विरोध प्रदर्शन गरिरहेका छन् । हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरुले सरकारले ल्याएको कृषि कानुनको विरोधमा ट्याक्टर र्याली गरिरहेका छन् ।
प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि ठाउँठाउँमा किसानहरुको प्रहरीसँग झडपको समाचार आएको छ । दिल्लीको सबै नाकामा प्रहरीको संख्या बढाइएको छ । साथै भारतले आफ्नो अर्धसैननिक बललाई अलर्ट रहन निर्देशन दिइएको छ ।
गाजिपुर सीमाक्षेत्रबाट दिल्ली प्रवेश गर्ने प्रयासमा रहेका किसानहरुमाथि प्रहरीले अश्रुग्यास प्रहरी गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार दिल्ली प्रवेशको प्रयासमा रहेका किसानहरुले केही सवारीसाधनहरुमा पनि क्षति पुर्याएका छन् । साथै किसानहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए भने प्रहरीले पनि किसानमाथि लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रतिक्रिया 4