Comments Add Comment

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

फाइल तस्वीर

१३ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै आराम गरिरहेका उनको स्वास्थ्य अहिले सामान्य रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

खान र सुत्न असहज भएपछि उनलाई घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । उनको उपचारमा खटिएकी स्टाफ नर्स पुनम भुषालले उनको स्वास्थ्य अवस्था पुरानै अवस्थामा फर्किएको जानकारी दिइन् । जोशीलाई कमजोरीका कारण उक्त समस्या भएको भन्दै भुषालले औषधि दिनुपर्ने गरी कुनै समस्या नरहेको बताइन् ।

जोशीले यसपटक बिरामी हुँदा सुरुदेखि नै औषधिलाई भन्दा तागत दिने खालको खानामा बढी जोड दिएका थिए । त्यसैले सुरुदेखि नै औषधि चढाउनु नपरेको भुषालले जानकारी दिइन् ।

जोशी अस्वस्थ भएपछि बिहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतीले जोशी निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि समयसमय स्वास्थ्य टोली पठाइरहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment