१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो ।
एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि सावित्रा भण्डारी साम्बाले असिस्ट गरेकी थिइन् । यसअघि दुई खेलमा ह्याट्रिक गरेकी सावित्राले आर्मी विरुद्ध भने गोल गर्न सकिनन् ।
आर्मीका डिफेन्सले सावित्रालाई गोल गर्न नदिएपनि अन्य खेलाडीले त्यसको फाइदा उठाउँदै गोल गरे ।
एपीएफले यसअघि चन्द्रपुर नगरपालिकालाई ६-० र विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको थियो ।
खेलको २७औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराए पासमा अञ्जलीले आर्मीका डिफेण्डरलाई छक्काउँदै प्रहार गरेरको बल गोल भएको हो । उनको प्रहार आर्मीकी गोलकिपर अञ्जलीले राना मगरले रोक्ने अवसर नै पाइनन् ।
पहिलो हाफको इन्जुरी टाइममा सावित्राकै पासमा सरु लिम्बुले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् ।
सावित्राको क्रसमा अन्जली योन्जलले नभेटेको बलललाई सरुले पेनाल्टी बक्सभित्रबाट गोल गरेकी हुन् ।
दोस्रो हाफमा दुवै टोलीलले गोलका लागि केही मुभ बनाएपनि सदुपयोग गर्न सकेनन् ।
७४औं मिनेटमा बर्मीक रश्मी घिसिङले सिक्स यार्डबाट गरेको प्रहार एपीएफकी गोलकिपर एन्जिल तुम्बापो सुब्बाले बचाइन् ।
लगातार तेस्रो जितपछि ३ खेलबाट ९ अंक जोड्दै एपीएफले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । लगातार तेस्रो खेलमा क्लिनसिट राखेको एपीएफले १५ गोल गरिसकेको छ ।
३ खेलबाट नेपाल पुलिस ५ अंकसहित दोस्रो स्थानमा छ । लिगमा पहिलो हार बेहोरेको आर्मी ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।
उद्घाटन खेलमा पुलिससंग अंक बाँडेको आर्मीले दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७-० ले पराजित गरेको थियो ।
लिग अन्तर्ग बुधबार रौतहटको चन्द्रपुर नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।
अहिलेसम्मको खेलको नतिजा
आर्मी ०-० पुलिस
एपीएफ ६-० चन्द्रपुर
वालिङ १-१ विराटनगर
पुलिस ६-० चौदण्डीगढी
आर्मी ७-० वालिङ
एपीएफ ७-० वालिङ
चन्द्रपुर ७-१ चौदण्डीगढी
पुलिस १-१ वालिङ
एपीएफ २-० आर्मी
प्रतिक्रिया 4