Comments Add Comment

१० करोड नाघे कोरोना संक्रमित

१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या विश्वभर १० करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट १० करोड दुई लाख ४८ हजारभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको एक वर्षमा संक्रमितको संख्या पनि १० करोड नाघेको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २१ लाख नाघिसकेको छ ।

अमेरिकामा सबैभन्दा धेरै दुई करोड ५३ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने भारतमा पनि एक करोड ६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । ब्राजिलमा ८९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा चार लाख २५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा दुई लाख १८ हजारभन्दा धेरैको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा एक लाख ५३ हजार तथा मेक्सिकोमा एक लाख ५२ हजारको संक्रमणका कारण मृत्यु भइसकेको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

विश्लेषकहरुका अनुसार कोरोना भाइरस समयमा नै उचित निर्णय गर्दै सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने र परीक्षण बढाउने मुलुकहरुमा कोरोना संक्रमण केही नियन्त्रणमा देखिएको थियो भने राष्ट्रवादी नेताले नेतृत्व गरेको मुलुकहरुमा भने यसले भयावह रुप लिएको थियो ।

पछिल्लो समय कोरोनाविरुद्धको खोप कार्यक्रम विश्वका धेरै मुलुकहरुमा सुरु भए पनि धेरै मुलुकहरुमा कोरोनाको नयाँ प्रकार फैलिइरहेकाले संक्रमितको संख्या भने बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment