+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भारतबाट अवैधरुपमा भित्र्याइएका कुखुरा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १७:२९

१४ माघ, वीरगञ्ज । बारामा भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

नष्ट गरिएको कुखुराको बजार मूल्य अन्दाजी २ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । पशु क्वारेन्टाईन कार्यालय र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा बुधबार बिहान ३ बजे कुखुरा बरामद गरेको थियो । काँकडभित्ताबाट नारायणगढ जाँदै गरेको ना ६ ख २४६६ नम्बरको बसको छतमा प्याजको बोरामा लुकाएर कुखुरा राखिएको थियो ।

बसमा भेटिएको तीन सय वटा कुखुरा भारतबाट ल्याएकोले नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा प्रहरीको सहयोगमा कुखुरा बरामद गरेका थियौं, दुधौरा खोलामा खाल्डोमा पुरेर नष्ट गरेका छौं,’ उनले भने, ‘यात्रुबहाक भएकोले बसलाई छोडेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?