+
+
Shares

भारतबाट अवैधरुपमा भित्र्याइएका कुखुरा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १७:२९

१४ माघ, वीरगञ्ज । बारामा भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

नष्ट गरिएको कुखुराको बजार मूल्य अन्दाजी २ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । पशु क्वारेन्टाईन कार्यालय र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा बुधबार बिहान ३ बजे कुखुरा बरामद गरेको थियो । काँकडभित्ताबाट नारायणगढ जाँदै गरेको ना ६ ख २४६६ नम्बरको बसको छतमा प्याजको बोरामा लुकाएर कुखुरा राखिएको थियो ।

बसमा भेटिएको तीन सय वटा कुखुरा भारतबाट ल्याएकोले नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा प्रहरीको सहयोगमा कुखुरा बरामद गरेका थियौं, दुधौरा खोलामा खाल्डोमा पुरेर नष्ट गरेका छौं,’ उनले भने, ‘यात्रुबहाक भएकोले बसलाई छोडेका छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?