+

बागमतीले टस जित्यो, आर्मीले पहिले ब्याटिङ गर्दै

२०७७ माघ  १५ गते ९:५८ २०७७ माघ १५ गते ९:५८
बागमतीले टस जित्यो, आर्मीले पहिले ब्याटिङ गर्दै

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि विभागीय टोली त्रिभुवन आर्मीले पहिले ब्याटिङ गर्दै छ ।

बागमती समूह ‘बी’ को विजेता तथा आर्मी समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । आर्मी गत संस्करणको उपविजेता टोली हो ।

गत संस्करणमा बागमतीलाई नै पराजित गर्दै आर्मी फाइनल पुगेको थियो । यस पटक बागमतीका लागि बदला लिने अवसर समेत छ ।

आर्मीले पछिल्लो खेलबाट टिममा एक परिवर्तन गरेको छ । आकाश चन्दको स्थानमा जितेन्द्र मुखिया पहिलो रोजाइमा खेल्दैछन् ।

बागमतीले भने यसअघि लुम्बिनीविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएको छ ।

यी दुईको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि खेल्नेछन् । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय