Comments Add Comment

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चियो, निस्कृय कर्जामा सुधार

१५ माघ, काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकको मूनाफा खुम्चिएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले ४० प्रतिशत भन्दा कम मूनाफा कमाएको हो । ६ महिनामा सो बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३७.२८ प्रतिशत घटेर १ अर्ब १५ करोड २१ लाख रुपैयाँमा समेटिएको छ । बैंकको सञ्चालन मुनाफा ४०.६९ घटेर १ अर्ब ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १६ रुपैयाँ ९८ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४१ गुणा रहेको छ ।

बैंकको निस्कृय कर्जामा भने सुधार देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१७ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर १.५४ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment