+
+

अदालतको अवहेलना मुद्दा न्यायाधीश शर्माको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:०८

१५ माघ, काठमाडौं । प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराए । गत पुस २४ गते पूर्वप्रधानन्यायाधीशहररु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । अधिवक्ताद्धय भट्टराई र बस्नेतको बुधबार दर्ता भएको निवेदनमा चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?