+
+

राकेश अग्रवालले उखु किसानलाई साढे ४ करोड तिर्न बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:४७

१५ माघ, काठमाडौं । बुधबार साँझ त्रिपुरेश्वरस्थित घरबाट पक्राउ परेका चिनी उद्योग राकेश अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । सर्लाहीका एसपी सन्तोष सिंह राठौरका अनुसार अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै किसानले जाहेरी दिएका थिए । त्यसमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेका छन् ।

‘उनी पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ’, एसपी राठौरले अनलाइनखबरसँग भने, ‘यहाँ ल्याइसकेपछि थप अनुसन्धान गर्छौं ।’ आफूले उब्जनी गरेको उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्न किसान काठमाडौं आएका थिए । त्यसपछि गृह मन्त्रालयले चिनी उद्योगलाई पक्राउ गरेर भए पनि रकम असुल्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?