
१६ माघ, काठमाडौं । कृषकको प्रत्यक्ष स्टल रहनेगरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । स्थानिय कृषक र विदेशीबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उद्घाटन गरिन् । बजारमा हाल ११५ वटा स्टल रहेका छन् ।
कलंकी तरकारी बजारका सन्चालक बिजय केसीकाअनुसार कुलमध्ये ६० प्रतिशत किसानको स्टल रहेको जानकारी दाबी गरे ।
‘किसानसँगै वैदेशिक रोजगारबाट फेर्कका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको पनि लगानी छ,’ उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुदा अन्य बजारको तुलनामा धेरै सस्तो छ ।’
बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन् । किसानहरुकै सहभागिताले गर्दा अन्य बजारको तुलनामा १० प्रतिशतले यो बजार सस्तो भएको दाबी उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4