Comments Add Comment

सनराइज बैंकको सहयोगमा गैह्रीधारा चोकमा ट्राफिक बत्ती

सनराइज बैंकले आफ्नो प्रधान कार्यालयअगाडि गैह्रीधारा चोकमा सेमि प्रोटेबल ट्राफिक लाइटको स्थापना गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो व्यवस्था गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नम्बर–१ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाइटको उद्घाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले स्थापना गरेको लाइटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मद्दत गर्ने बताए । उनका अनुसार यसले काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य सहरको रुपमा अघि बढाउन मद्दत गर्नेछ ।

ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस्तो प्रविधियुक्त ट्राफिक लाइट काठमाडौंका चोक–चोकमा राख्ने उद्देश्य राखेको र सनराइज बैंकले सो उद्देश्यमा साथ दिइ सहरको सभ्यताको परिचय विकास गर्न सहयोग पुर्‍याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment