Comments Add Comment

रुसमा मोडलिङमा जम्दै सन्देश

नेपालमा जन्मिएर पनि विदेशी भूमिमा पुगेर धेरै नेपालीहरुले आफ्नो क्षमता र कलाले प्रभावित बनाइरहेका छन् । रुसमा रहेर सामाजिक संजालमा आफ्नो प्रभाव जमाउँदै लगेका सन्देश लम्साल मोडलिङमा पनि जमिरहेका छन् ।

सन्देशका टिकटक, लाइकी, मोज, हेलो, चिङ्गारी, जोश, टाङ्गी, गुगल, विङ्ग, एमाजोन, याहु लगायतका सामाजिक संजाल भेरिफाइर्ड छन् । उनी, अधिकांश सामाजिक संजाल भेरिफाइर्ड हुने पहिलो नेपाली सोशल मिडिया प्रयोगकर्ता तथा मोडल समेत हुन् ।

इन्स्टाग्रममा १ लाख भन्दा बढी फलोअर्स कमाएका सन्देशले गुगलर अमेजन जस्ता अन्तरराष्ट्रिय ब्रान्डसँग पनि सहकार्य गरेका छन् । सोशल मिडियामा लोकप्रिय बन्दै गएका कारण पनि उनको खबर विश्वका थुप्रै देशका पत्रिकामा समेत प्रकाशित भैसकेको छ ।

मनिषा कोइराला र सुनिल थापालाई आफ्नो आइडल मान्ने सन्देश सामाजिक संजालमा मोडलिङ जमिरहेका छन् । उनी, नेपाल आएर म्यूजिक भिडियो तथा चलचित्रमा अभिनय गर्ने बताउँछन् । ताइक्वान्डोमा समेत २ डान ब्ल्याक बेल्ट प्राप्त गरेका सन्देशले रसियामा यो बर्ष चिकित्सा शास्त्रको पढाई सक्नेछन् । उनले विभिन्न समयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्वयंमसेवकको रुपमा काम गरेका छन् । सन्देश नेपाल आएर चिकित्सा विज्ञान, सामाजिक कार्यमा अगाडि बढ्दै मोडलिङमा समेत जम्ने विश्वास व्यक्त गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment