Comments Add Comment

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाएका छन्।

प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको  दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन सुरु गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने गरी पञ्चर्‍याली आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतिको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ ।

स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ ।

अनेरास्ववियूको प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ । यस चरणमा उसले बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment