
गायक साहिल खड्का र गायिका अन्नु चौधरीको स्वरमा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा साहिलको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
निकेशले प्रेमको भाव पोखिएको यो गीतको भिडियोलाई केही फरक तरिकाले प्रस्तुत गरेका छन् । भिडियोमा कलाकारद्धय वुद्दि तामाङ र मेनुका प्रधानलाई फिचरिङ गरिएको छ ।
भिडियोमा वुद्दि र मेनुका राम र सिता बनेका छन् । नाटकमा काम गर्दा गर्दै बसेको प्रेमको कथालाई निकेशले लोभलाग्दो तरिकाले प्रस्तुत गरेका छन् । भिडियोमा विकास धमलाको सम्पादन, वुद्द थापाको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4