Comments Add Comment

सफल दाम्पत्य जीवनका लागि सतर्कता

वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध जसोतसो चलाइए पनि त्यो जीवन्त हुदैन ।

कतै आफ्नी श्रीमती आफूसँग दिक्क भैसकेकी पो छिन् कि ? पहिलेजस्तो आफूप्रति आकर्षित छैनन् कि ? कसरी थाहा पाउने ?

स्वाभाविक प्रेमको अभाव हुनु

के तपाईंलाई याद छ,आफ्नी श्रीमतीको प्रेमिल हेराइ ? के उनको आँखा अहिले पनि उसैगरी चम्कन्छ जसरी कुनै बेला तपाईंले चुटकिला सुनाएपछि हाँसोसँगै चम्कन्थ्यो । बिहान दुवैजना सँगै उठ्दा उनको  ओठमा पहिलेझैं मुस्कान फक्रन्छ ? तपाईको जवाफ हो वा छ आउँछ भने एक पटक मज्जाले नाच्नुस् किनभने तपाईंहरूको दाम्पत्य जीवन सफल छ, वैवाहिक सम्बन्ध सुरक्षित छ । तर, तपाईंको जवाफ होइन वा छैन मा आयो भने ख्याल गर्नुहोस् । सुन्दाखेरी आश्चर्य त लाग्ला तर चकित नहुनुहोस् किनभने अब तपाईको श्रीमतीले पहिलेजस्तो प्रेम गर्नुहुन्न ।

घर तथा बालबच्चाका विषयमा मात्र सीमित हुनु

यी संकेत ससाना हुन्छन् र सामान्यतः यिनीहरूप्रति त्यति ध्यान दिइँदैन । जसै समय चिप्लँदै जान्छ, घर तथा अफिसको काममा डुब्न थालिन्छ र श्रीमान्–श्रीमतीबीच एकअर्काका लागि समय दिन असमर्थ भइन्छ । घरव्यवहार तथा बालबच्चाका कुराका अतिरिक्त अन्य समस्याका विषयमा छलफल हुन्छ तर दम्पतीका निजी जीवनसँग सरोकार रहेका विषयले कुराकानीमा समेत प्रवेश पाउन मुस्किल पर्छ । फलतः प्रेम विषयक चर्चा नहुँदानहुँदै आपसी सम्बन्ध निष्प्राण बन्न पुग्छ ।

पहिलेजस्तो प्रेम व्यक्त गर्दाको अवस्थामा हुने जोस, घबराहट एवं आत्मीय झनझनाहट सेलाउनपुग्छ अनि सम्बन्ध बोझ बन्न थाल्छ । यसरी श्रीमतीले प्रेम गर्न छोडिन् र वैवाहिक जीवनबाट सन्तुष्ट भइनन् भने सम्बन्धमा धोका हुने सम्भावना वृद्धि हुन्छ । अतः समय छँदै चनाखो भएर यस्तो स्थिति पैदा हुने अवस्था आउन नदिनु नै बुद्धिमानी हुन्छ । तपाईले एक पटक आफ्नो समस्या पहिचान गर्नुभयो भने त्यसलाई सुधार्ने प्रयास गर्न सक्नुहुन्छ र आफ्नोदाम्पत्य जीवनलाई पहिलेकै जस्तो सुमधुर बनाउन सक्नुहुन्छ ।

कुराकानी नगर्नु

आपसी सञ्चार कुनै पनि सम्बन्धका लागि अपरिहार्य मानिन्छ । स्वस्थ सम्बन्धमा बाँधिएका जोडीहरू आफ्नो जीवनका हरेक कुरा एकअर्कासँग व्यक्त गर्छन् । उनीहरूको कुराकानीका क्रममा एकअर्काको साथमा कस्तो महसुस गर्छन्, एकअर्कासँग कति प्रेम गर्छन् भन्ने कुरा प्रकट हुन्छ । यसबाट भावनात्मक एवं शारीरिक सम्बन्धको डोरी कसिलो हुन थाल्छ ।

तर, श्रीमान्श्री-मतीका बीच बालबच्चा तथा घरखर्चको कुरा मात्रै हुन थाल्यो भने बुझ्नुहोस्– अब सम्बन्ध दिगो हुन सक्दैन, जीवनसाथी तपाई प्रति आकर्षित छैनन् । यस्तो स्थितिमा तुरुन्तै सम्हालिएर सम्बन्धलाई लाइनमा ल्याउनु आवश्यक छ । त्यसका लागि तपाईं उनलाई कति प्रेम गर्नुहुन्छ त्यो बताउनुपर्छ । यति गरे बिग्रन आँटिसकेको सम्बन्ध निश्चय नै ठीक बाटोमा आउनेछ ।

सदैव आफैंमा व्यस्त रहनु 

जीवनसाथी प्रायः आफैंमा डुबिरहन्छिन् भने सचेत हुनपर्छ । जीवनसाथीको अर्थ नै एकअर्काको ख्याल राख्नु हो । तर उनी केवल आप्mनै हितका विषयमा सोचमग्न हुन्छिन् भने बुझ्नुपर्छ कि अब उनका लागि यो सम्बन्धमा प्रेमका निम्ति कुनै स्थान छैन ।

उनी समय–समयमा तपाईंलाई अपमानित गर्छिन् भने होच्याउन पाइने कुनै पनि क्षण गुमाउँदिनन् । जब कि प्रेमपूर्ण सम्बन्धको पहिलो शर्त नै आपसी सम्मान हो ।

तपाईंलाई बदल्नु

विवाहपछि सबैमा परिवर्तन आउँछ, सामान्यतः यस्तो परिवर्तन सकारात्मक नै हुने गर्छन् । हरेक राम्रा पार्टनरले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् र आप्mनो साथीअनुसार आफूलाई बदल्ने प्रयास गर्छन् जुन आपसी सम्बन्धमा प्रेम छ भने मात्रै सम्भव हुन्छ ।

आपसी प्रेम रहेन भने सम्बन्धमा विष घोलिन पुग्छ । तपाईले आफूमा खराब बानी देख्न, हानिकारक परिवर्तन भएको पाउन तथा पथभ्रटताको लक्षण भेट्टाउन थाल्नुभयो भने बुझ्नुपर्छ– यो श्रीमतीले आफूलाई गरेको उपेक्षा एवं आफूप्रति उनको उदासीन व्यवहारका कारण भएको हो ।

कुनै पनि योजनामा सामेल नगराउनु

तपाईंहरू श्रीमान्–श्रीमती त हुनुहुन्छ र दुवै मिलेर आफ्नो लागि केही बनाउनुहुन्छ । तर, तपाईंको सन्दर्भमा तपाईंकी श्रीमतीले आफ्नो  योजनामा तपाईंलाई सहभागी गराउँदिनन्, उपेक्षा गर्छिन् भने बुझ्नुहोस्–उनी तपाईंसँग समय बिताउन चाहँदिनन् । उनी तपाईं र तपाईंसँग जोडिएका हरेक कुराप्रति वास्ता गर्दिनन्, जब कि दम्पतीका रूपमा दुई शरीर एक प्राण हुनपर्ने हो । असल दाम्पत्य जीवनमा दुवैले एकअर्काको ख्याल राख्नु आवश्यक छ तर श्रीमतीजी तपाईंसँग जोडिएका समस्त कुराप्रति विमुख हुन्छिन् भने त्यसको मतलब हुन्छ–अब तपाईंहरूको सम्बन्धमा प्रेम बाँकी छैन ।

तपाईको नजिककाहरूलाई वास्ता नगर्नु 

कसैले तपाईंलाई प्रेम गर्छ भने उसले तपाईनजिकका मित्र तथा आफन्तहरूलाई पनि प्रेम गर्छ । आफूले प्रेमपूर्ण व्यवहार गरी उनीहरूबाट पनि त्यस्तै अपेक्षा राखेका हुन्छ । तर तपाईंकी श्रीमतीले उनीहरूलाई वास्ता गर्दिनन् भने बुझ्नुपर्छ–उनी तपाईंसँग प्रेम गर्दिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment