Comments Add Comment

निर्माणको लागत घटाउन जगदम्बा कंक्रिटोका ‘प्रि-कास्ट’

१८ माघ, काठमाडौं । जगदम्बा कंक्रिटो आफ्नो उत्पादनको दायरा बढाउँदै ग्राहकको रोजाइमा पर्न सफल भएको छ। अहिले मुलुकको राजधानी काठमाडौ, ललितपुरदेखि देशका धेरै ठाउँका सडकहरुमा जगदम्बा कंक्रिटोको उत्पादनहरु देखिन थालेका छन् ।

जगदम्बा ग्रुपले २०७५ सालदेखि नेपालमा कंक्रिटो उत्पादन शुरु गरेको थियो । अहिले सडक पेटीमा लाग्ने ब्रिक्स, ब्लक, पेभर्स लगायतको उत्पादन निकै आक्रामक रुपमा शुरु गरेको छ । गुणस्तरका हिसाबले पनि निकै राम्रो हुने भएका कारण पछिल्लो समय जगदम्बा कंक्रिटोको उत्पादन समेत वृद्धि भएको कम्पनीका निर्देशक आयुश गुप्ता बताउँछन् ।

जगदम्बा कंक्रिटो प्रा.लि.२०७५ सालबाट नेपालमै पहिलो पटक बेलायती र जर्मनी प्रबिधिबाट गुणस्तरीय कंक्रिटो उत्पादन गर्न सुरु गरेको थियो । अहिले नेपाल बजारमा मात्रै नभई अब भारतीय बजारमा समेत जगदम्बको कंक्रिटोको माग आएको कम्पनीले बताएको छ ।

उच्च गुणस्तरको निर्माण सामाग्री उत्पादन गरी निर्माणमा सबैभन्दा ठूलो योगदान गर्ने मूख्य उद्देश्यका साथ कम्पनीले काम गरिरहेको उनले बताए । उनले बजार विस्तार र निर्माणका लागि आवश्यकता अनुसार नेपाल भित्र कम्पनीको थप उद्योग स्थापना गर्ने र प्रतिष्पर्धी मूल्य कायम गरी उपभोक्तालाई गुणस्तीय वस्तु उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए ।

जगदम्बा कंक्रिटो नै रोजाईमा पर्नुका केही कारणहरु  छन् । बजारमा समान आकार नहुने, चाँडै टुटफुट नहुने र कमसल कंक्रिट उत्पादन भईरहेको समयमा जगदम्बकाको उत्पादन भने एकदमै गुणस्तरीय रहेको निर्देशक गुप्ता बताउँछन् ।

समान आकार, टुटफुट नहुने र गुणस्तर भएको कंक्रिट उत्पादन गरी त्यस्ता उत्पादनलाई बिस्थापित गर्न लक्ष्य अनुसार जगदम्बा कंक्रिटो प्रालि सफल भएको कम्पनीका उनको दावी छ । समृद्धि र आधुनिक समाजको आवश्यकतालाई मनन्गर्दै अत्यधुनिक र गुणस्तरीय प्रि-कास्ट वस्तुहरुको उत्पादन गर्न नेपालमै जगदम्बा समूहमा आवद्ध उद्यमीहरुले वीरगञ्जस्थित छातापिप्रामा जगदम्बा कंक्रिटो नामक उद्योग स्थापना गरेका थिए ।

कम्पनीको उद्देश्य उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । अर्कोतर्फ देशकै अर्थ व्यवस्थामा सहयोग पुर्याइ देश निर्माण र आयात प्रतिस्थापनलाई निरुत्साहित गर्नु रहेको कम्पनीले बताएको छ ।

परम्परागत तथा स्थानीय तवरले स्थापना गरिएका, नेपाल सरकारका निकायमा विधिवत रुपमा दर्ता नभएका र गुणस्तरहीन वस्तुहरु उत्पादन गरिरहेका उद्योगहरुलाई पनि नेपाल सरकारले यस किसिमको उद्योगमा रुपान्तरण गर्दै समग्र राष्ट्रको आय आर्जनमा टेवा पुरयाउन मद्दत पुग्ने, राजश्व र रोजगारीमा समेत वृद्धि हुने देखिएको जगदम्बा कंक्रिटोले जनाएको छ ।

यस प्रकारका उद्योगबाट देश निर्माणमा चाहिने पूर्व निर्मित प्रि-कास्ट विभिन्न प्रकारका वस्तुहरु उत्पादन हुनेछन् । वस्तु विविधिकरण यसको अर्को मुख्य विशेषता रहेको छ । यसबाट निर्मित घर, हाउजिङ्ग, अपार्टमेन्ट, सपिङ्ग कम्प्लेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक ईटा, ब्लक, पेभर, स्ल्याव, कर्भस्टोन लगायतका वस्तुहरु उच्च गुणस्तरका साथ उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

साथै यस्ता वस्तुहरु राष्ट्रिय गौरवका आयोजनामा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुनेछ । कम्पनीका अनुसार यस उद्योगद्वारा उत्पादित वस्तुहरुको प्रयोग गरेको खण्डमा लागत दश देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनीले जनाएको छ । यस किसिमका वस्तुहरु निर्माण प्रक्रियामा धुँवा, धुलो उड्ने समस्या नरहने, कृषियोग्य माटोको प्रयोग गर्नु नपर्ने, ओसार पोसार र निर्माणका चरणहरुमा पनि धुलोमुक्त हुने हुनाले मजदुर तथा आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव नपर्ने कम्पनीले जनाएको छ ।

‘यस प्रकारको वस्तुहरु देशमै उपलब्धता रहेको बालुवा, सिमेन्ट र खेर गईरहेको खरानी प्रयोग गरी अत्यधुनिक रोवोटिक प्लान्टद्वारा उत्पादन गर्न सकिन्छ । यस प्रकारका बस्तु उत्पादन गर्न कच्चा पदार्थको उचित समिश्रण गरी प्रदुषणरहित तरिकाले उच्च भारवहन क्षमता वहन गर्न सक्ने प्रि-कास्ट वस्तुहरु तयार पार्न सकिन्छ,’ कम्पनीका निर्देशक गुप्ता भन्छन्, ‘दिगो निर्माणका लागि गुणस्तर अपरिहार्य रहेको छ ।’

कुनै पनि संरचना तथा निर्माणलाई मजवुत र लामो समयसम्म टिकाउन यस प्रकारका वस्तुहरुको ठूलो भूमिका रहन्छ । हाल नेपालमा अझै पनि विविध निर्माण सामग्रीहरुमा गुणस्तरको व्यवस्था नहुनाले ठुला परियोजनाहरुमा कमसल र गुणस्तरहिन सामग्रीहरुको प्रयोग ब्यापक रहेको छ ।

जसले गर्दा एकातर्फ परियोजनाको कामको टुंगो नलाग्दा लामो समय लागि रहेको छ भने अर्कोतर्फ ठूलो धनरासी पनि खर्च भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment