Comments Add Comment

एसियाली अनलाइन सुटिङमा सुस्मिता २४औं स्थानमा

१८ माघ, काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा समग्रमा २४ औं स्थान प्राप्त गरेकी छन् ।

एसियाली सुटिङ महासंघ र कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको यस स्पर्धामा सुस्मितासहित ३ नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कल्पना परियार ३० औं तथा मिरा बन्जारा ४५ औं स्थानमा रहे । समग्रमा ४७ खेलाडी सहभागी थिए । त्यसमा मंगोलियाका खेलाडी पहिलो, काजाकस्तान दोश्रो तथा जापान तेश्रो भए ।

सोही स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ३९ औं, अर्नव घिमिरेले ४० औं र कुमार कार्कीले ४१ औं स्थान हासिल गरे । जम्मा ४१ खेलाडी सहभागी यो स्पर्धामा शीर्ष तीन स्थानमा भारतीय खेलाडीको कब्जा रह्यो ।

प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । नेपाली खेलाडीले सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रतिस्पर्धा गरेका थिए । दुईदिने प्रतियोगितामा पुरुष-महिलाको १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment