Comments Add Comment

माघमै २ कम्पनीको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?

२० माघ, काठमाडौं । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो ।

आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर-एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।

यस साधारण सेयर निष्कासन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ ।

उक्त कम्पनीले सामूहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाँट भइसकेको छ । रु. २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको उक्त कम्पनीको यस निष्कासन पश्चात् चुक्ता पुँजी रु. १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकिएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

त्यसपछि भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

दुवै कम्पनीको न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने छ । पछिल्लो समय आईपीओ आवेदन दिनेहरुको संख्या निकै बढेकाले १० कित्ता भागमा पर्न पनि गोला प्रथाकै भर पर्नु पर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment