+
+

काठमाडौं मेयर्स कप क्रिकेटका लागि क्यान र महानगरबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १८:३८

२० माघ, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरी क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्नेछ । महानगरले क्यानलाई पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने बाँकी ४० प्रतिशत प्रतियोगिता सम्पन्न भइसकेपछि दिनेछ ।

एक दिववसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?